खानीखोला, काभ्रे । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाको वडा नं. ३ र ४ को सिमाना डाँडागाउँमा तामाङ समुदायको सांस्कृतिक बाजा डम्फुको आविस्कारक पेङ दोर्जेको प्रतिमासहितको डम्फु पार्क निर्माण कार्य धमाधम भइरहेको छ ।

डाँडागाउँमा आवश्यक जग्गा व्यवस्थापन गरेपछि संघीय सरकारको आर्थिक सहयोगमा निर्माण काम भईरहेको खानीखोला गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष सागर जिम्बाले बताए । करिब डेढ रोपनी क्षेत्रफलमा पेङ दोर्जेको प्रतिमासहितको डम्फु पार्क निर्माण कार्यको ९० प्रतिशत काम सम्पन्न भएको अध्यक्ष जिम्बाले बताए ।

संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयबाट तत्कालिन मन्त्री हित बहादुर तामाङ रहेको वेलामा विनियोजन गरेको २७ लाख रुपैयाँ बजेटबाट सो ठाउँमा पार्क निर्माणको काम अगाडी बढेको हो ।ठूलो डम्फुको आकृति, पेङदोर्जेको प्रतिमासहितको बगैंचा निर्माण हुनेछ । अहिले सो ठाउँमा स्थानीय उपभोक्ता समितिमार्फत धमाधम काम भईरहेको छ ।

सांस्कृतिक ईतिहाससहितको उक्त काम सम्पन्न भएपछि सो ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन हुने अपेक्षा गरिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय