चौंरिदेउराली, काभ्रे । चौंरिदेउराली गाउँपालिकाको आयोजनामा दुईदिने विशेष अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम आइतबार गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईको अध्यक्षतामा तथा प्रमुख प्रशासकीय अधिकृत महान दास लामाको विशेष सहभागितामा सम्पन्न भएको हो।

दुई दिनसम्म सञ्चालन गरिएको कार्यक्रम जेठ ३१ देखि असार १ गते सम्म संचालन भई आइबतार औपचारिक रुपमा समापन गरिएको हो । अध्यक्ष रेणुका चौंलागाईंले समापन मन्तव्य दिँदै कार्यक्रमको सफलताको शुभेच्छा व्यक्त गरेकी थिइन्। बाल बिबाह एउटा सामाजिक समस्याको रुपमा रहेकोले गाउँपालिका, नागरिक समाज र सचेत बौद्धिक वर्गले यस समस्यालाई समाधान गर्न लाग्नुपर्ने बताइन् ।

कार्यक्रमले स्थानीय तहमा नेतृत्वदायी क्षमता विकास, मेलमिलाप तथा कानुनी चेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको जनाइएको छ। सहभागीहरूबाट कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भएको आयोजकले जनाए ।

कार्यक्रममा शाखा अधिकृत एवं प्रशिक्षक चन्द्रकमल नेपाली, अधिवक्ता राम माया लामा, विभिन्न वडाका वडा अध्यक्षहरू, मेलमिलापकर्ता, शिक्षकहरू, समाजसेवी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा चन्द्रराज लामा, राजु चौंलागाईं, तेज घिसिङ र प्रमुख प्रशासकीय अधिकृत महान दास लामाले मन्तव्य राखेको थियो।

स्वागत मन्तव्य उर्मिला परियारले राखेको थियो भने कार्यक्रमको सम्पूर्ण सञ्चालन कृषि विकास शाखा प्रमुख रोज कुमार शर्माले गरेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय