काठमाडौं । वर्षासँगै बाढीपहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । ६ वटा सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् ।

अर्घाखाँचीको कक्रहवा (भारत सिमा) रुद्रपुर, सालझण्डी–सन्धीखर्क–देवीस्थान, वुर्तीवाङ–ढोरपाटन सडकखण्डड पूर्णरुपमा अवरुद्ध भएको छ ।

सल्यानमा पनि सडक अवरुद्ध भएको छ । जिल्लाको अमेलिया– तुल्सिपुर–शितलपाटी–थारमारे–मुसीकोट (राप्ती राजमार्ग)मा पूर्णरूपमा सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ ।

सिन्धुपाल्चोकमा पनि सडक अवरुद्ध भएको छ । काठमाडौं– धुलिखेल–दोलालघाट–खाडिचौर–कोदारी (अरनिको राजमार्ग) अवरुद्ध छ ।

गुल्मीमा तानसेन–रिडी–कोरला सडक पनि अवरुद्ध भएको छ । देशभर गरेर ४१ वटा सडक एकतर्फी अवरुद्ध भएका विभागले जनाएको छ ।

विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय