काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डमा भारतीय नम्बर प्लेटको सवारी दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । घाइते हुनेमा ट्रक चालक भारत लखनौका २१ वर्षका आशिक यादव र सोही स्थानमा सहचालक २० वर्षका उत्तरसिंह रहेका छन् ।
सामान्य घाइते उनीहरूलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।


भरतपुर महानगरपालिका–२९ सिमलतालमा भारतबाट काठमाडौंतर्फ आइरहेको यूपी ३२ जेडएन ७८८३ नम्बरको भारतीय मिनि ट्रक अनियन्त्रित भएर त्रिशूली नदी किनारामा खसेको थियो ।











