![](https://globalkhabars.com/wp-content/uploads/2022/03/li.jpg)
इङ्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले शानदार पुनरागमन जीत निकालेको छ । गएराति भएको खेलमा दुई गोलले पछि परेको स्थिति उल्टाउदै लिड्सले १० खेलाडीमा समेटिएको वोल्भ्सलाई ३/२ गोलले पराजित गरेको हो ।
मोलिनेक्स स्टेडियममा भएको खेलमा लिड्सलाई जीत दिलाउन ज्याक हेरिसन, रोड्रिगो र लुक एयलिङले एकरएक गोल गरे । वोल्भ्सको तर्फबाट जोनी र ट्रिन्काओले एकरएक गोल गरे । खेलको २६ औं मिनेटमा ट्रिन्काओको पासमा जोनीले गोल गर्दै वोल्भ्सलाई शुरुवाती अग्रता दिलाएका थिए ।
![](https://globalkhabars.com/wp-content/uploads/2024/02/Chhar-Nepal-Construction-Pvt.-Ltd.-247x300.jpg)
![](https://globalkhabars.com/wp-content/uploads/2024/07/MAHABHARAT-GAUPALIKA-BIPAT-240x300.jpg)
पहिलो हाफको इन्जुरी समयको ११ औं मिनेटमा पोडेन्सेको पासमा ट्रिन्काओले गोल गर्दै वोल्भ्सलाई २/० गोलको अग्रता दिलाए । पहिलो हाफमा दुई गोलले पछि परेको लिड्सले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो । ५३ औं मिनेटमा राउल गिनिनेज रातो कार्ड पाउँदै मैदान बहिरिएपछि वोल्भ्स १० खेलाडीमा समेटिएको थियो ।
६३ औं मिनेटमा हेरिसनले गोल गर्दै लिड्सलाई २/१ गोलको स्थितिमा ल्याए । ६६ औं मिनेटमा ग्रिनवुडको पासमा रोड्रिगोले गोल गर्दै लिड्सलाई २(२ गोलको बराबरीमा ल्याए । यस्तै इन्जुरी समयको पहिलो मिनेटमा एयलिङले गोल गर्दै लिड्सलाई ३/२ गोलको जीत दिलाए ।
जीतसँगै लिड्स ३० खेलबाट २९ अङ्क जोड्दै लिगको १६ औं स्थानमा रहेको छ । पराजित वोल्भ्स ३० खेलबाट ४६ अङ्कको साथ आठौं स्थानमा छ ।