काभ्रे । बाढी पहिरोबाट क्षति ग्रस्त संरचनाहरु तत्काल पुनःनिर्माण तथा निजी घर पुनःनिर्माण कार्य तत्काल अघि बढाउन माग गर्दै काभ्रेको महाभारत गाउँपालिकाले संघीय सरकारका गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

शुक्रबार महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार)ले गृहमन्त्री लेखकलाई भेट गरी ४ बुँदे माग सहित ध्यानाकर्षण पत्र बुझाएका हुन् । गत वर्ष २०८१ साल असोज १०–१२ गतेसम्म परेको अविरल वर्षा तथा बाढी पहिरोका कारण क्षति भएको संरचनाहरु पुनःनिर्माण नभएको भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ध्यानाकर्षण पत्रमा लेखिएका छन्, गत वर्ष २०८१ साल असोज १०–१२ गतेसम्म परेको अविरल वर्षा तथा बाढी पहिरोका कारण काभ्रेपलाञ्चोक जिल्लाको प्राय गाउँपालिका तथा नगरपालिकाहरु क्षतिग्रस्त भएको र उक्त पालिकाहरुलाई संकटग्रस्त क्षेत्रको रुपमा नेपाल सरकारले घोषणा समेत गरिसकेको कुरा यहाँलाई अवगत नै छ । बाढी पहिरो पश्चात अवलोकनका लागि नेपाल सरकारका गृह मन्त्रालय लगायत विभिन्न मन्त्रालयका मन्त्रीज्यूहरु तथा कर्मचारीहरुको प्रभावित क्षेत्रको स्थलगत भ्रमणले बाढी पहिरो पश्चात पुनसंरचना हुनेमा पीडितहरु आशाबादी भएका थिए तर उक्त घटनाको वर्ष वित्न लाग्दा पनि सोचेअनुरुप निजी आवास पुननिर्माण र क्षतिग्रस्त भौतिक संरचनाहरुको निर्माण हुन नसक्दा यस क्षेत्रका सेवाग्राहीहरुले निराशा पैदा भएको छ । तसर्थ तपसिलमा उल्लेखित विषयहरुमा यहाँ मार्फत् नेपाल सरकारक गम्भीर ध्यानाकर्षण गराउन चाहन्छुः
१. निजी घर पुनःनिर्माणको लागि नेपाल सरकारले बनाएको कार्यविधिमा स्थानीय सरकारबाट २० प्रतिशत साझेदारी हुन गरी पारित गरिएको कार्यविधि स्थानीय तहहरुको राजस्वको क्षमता नै मूल्याङ्कन नगरी साझेदारीको कार्यविधि तयार गरिएकोमा तत्काल कार्यविधि संशोधन गरी निजी आवास पुनःनिर्माणको लागि अनुरोध गर्दछु ।
२. संघीय र प्रदेश सरकारको नीति कार्यकम तथा बजेट पारित हुँदा समेत क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनःनिर्माणमा ठोस योजना समावेश नभएको कारण आवश्यक योजनाहरु समावेश गरीदिनुहुन अनुरोध गर्दछु ।
३. बाढीको कारणले गर्दा नमोबुद्ध रोशी र महाभारत जाने थानसिङबेशी पुल तथा प्रमुख सडक सिपाली बुढाखानी बनखु सडक तहसनहस भएकोले तत्काल पुनःनिर्माण गर्न अनुरोध गर्दछु ।
४. विपी राजमार्गको सोचे अनुरुपको गतिमा पुनःनिर्माण नभएको कारणले दिनदिनै सू गरी राजमार्ग बन्द गर्नुपर्ने अवस्था रहेकोले द्रुतगतिमा निर्माण अघि बढाउन अनुरोध गर्दछु ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय