काठमाडौँ । फिल्म ‘क्याप्टेन शाव’को छायाङ्कन सुरु भएको छ । शनिवार ढुंखर्क, बेथानचोक काभ्रेपलान्चोक फिल्मको छायाङ्कन सुरु भएको हो ।
फिल्मको असारमै एक समारोह बिच शुभमुहूर्त गरिएको थियो । कृष्णबहादुर थापा छायाकार रहेको फिल्म काठमाडौँसँगै चितवन, काभ्रे र वीरगन्जमा खिचिनेछ ।


दीपेन्द्र के खनाल निर्देशक रहेको ‘क्याप्टेन शाव’ क्याप्टेन रामेश्वर थापाको बायोपिक हो । पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी हुन् ।
पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सन्जोग रसाइली मुख्य भूमिकामा रहनेछन् ।
दीपेन्द्रले यसअघि ‘धनपति’मा खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा लिएका थिए । त्यसयता एउटै फिल्ममा यी दुईको सहकार्य हुन लागेको हो । दीपेन्द्र र खगेन्द्रले भने सँगै काम गर्दै आएका छन् ।

फिल्मका निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ र सृष्टिमा खनाल रहेकी छन् भने कार्यकारी निर्मातामा सिर्जना नापित हुन् ।
छायाकंन सुरुवात भएसँगै निर्देशक खनालले ‘क्याप्टेन शाव’ एक फरक खालको फिल्म निर्माण हुन लागिरहेको बताए ।











