काठमाडौं । नयाँ लोक दोहोरी गीत लेकको चरी सार्वजनिक भएको छ । गायक वसन्त शाही, दिपक कार्की र गायीका प्रीया सेन्चुरीको स्वरमा रहेको उक्त गीतमा शब्द तथा संगीत पनि वसन्त शाहीकै रहेको छ ।
मिलन श्रेष्ठको निर्देशन रहेको उक्त भिडियोलाई रोशन धितालले सम्पादन गरेका हुन् । वसन्त म्युजिक प्राईभेट लिमेटेड नाममा खोलिएको यूट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा राजाराम सिम्खडाको कोरियोग्राफी रहेको छ ।
गीतमा अनु पराजुली, सुमन श्रेष्ठ र सरोज गडैलीको अभिनय रहेको छ भने सन्तोष तिमल्सीनाको सिनेम्याटोग्राफी रहेको छ ।