
फ्रान्सेली लिग वन अन्तर्गत अंक तालिकाको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन पिएसजीले एएस मोनाकोसँग हार बेहोरेको छ । मोनाकोको घरेलु मैदानमा आईतबार भएको खेलमा पिएसजी ३/० ले पराजित भएको हो ।
विसम बेन एडरले २५ औं मिनेटमा गोल गर्दै मोनाकोलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ६८ औं मिनेटमा केभिन भोलान्डले गोल गर्दै मोनाकोलाई २/० को अग्रता दिलाए ।त्यसपछि खेलको ८४ औं मिनेटमा विसमले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै मोनाकोलाई ३/० को जित दिलाए ।


जितसँगै मोनाकोले ४४ अंक जोडेको छ । मोनाको सातौं स्थानमा रहेको छ । पीएसजी ६५ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ । पिएसजीले २९ खेल ६५ अंक जोड्दा मार्सेको २८ खेलमा मात्र ५० अंक छ ।