महाभारत, काभ्रे । काभ्रेपलाञ्चोको महाभारत गाउँपालिका वडा नं. ५ ले घरघर तथा ठाउँठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता कार्ड नविरण गरिएको छ। अशक्त, अपंग, बृद्ध र ज्येष्ठ नागरिकलाई मध्येनजर गर्दै सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण गर्न आउन नसक्ने लाभग्राहीको घर–घर तथा तथा ठाँउठाँउमै पुगेर नवीकरण गरिएको वडा अध्यक्ष विजय राना मगरले बताए।

‘भौगोलिक विकटता र सहरमा रहेकोलाई वडा कार्यालयमा आएर भत्ता कार्ड नविरण गर्र्न कठिनाइ थियो’, उनले भने, ‘लाभग्राहीलाई भत्ता कार्ड नवीकरण गर्न गाउँमै भएपनि भौगोलिक विकटताले गाह्रो भयो त्यस्तै कामकाजको सिलसिलामा काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा, पनौती, धुलिखेलमा बस्नुहुनेहरुको मध्येनजर गरेर जनतालाई स्थानीय सरकार छ भन्ने प्रत्याभूति दिलाउन घरघर, बस्तीबस्ती र ठाउँठाउँमा पुगेर सामाजिक भत्ता कार्ड आर्थिक बर्ष २०८२/०८३ को नवीकरण गरिएको हो।’

वडा अध्यक्ष विजय राना मगर र वडा सचिव दिपा खनाल र कम्प्युटर अपरेटर सुबास जिम्बाको सक्रियाता घरघर, बस्तीबस्ती र ठाउँठाउँमा पुगेर सामाजिक भत्ता कार्ड आर्थिक बर्ष २०८२/०८३ को नवीकरण गरिएको हो।

धेरै समय लगाएर कष्ठपूर्ण ढङ्गबाट सामाजिक भत्ता कार्ड नवीकरण गर्नुपर्ने बाध्यता अन्त्य भएपछि अहिले वडाका सामाजिक सुरक्षा भत्ता नवीकरण प्राप्त गर्ने लाभग्राही खुसी भएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय