सुनिता दोङ तामाङ
कुर्दिस्तान । प्रवासी नेपाली एकता समाज कुर्दिस्तान इराकको आयोजनामा १५ औं प्रस्तुती स्वरुप दशैं–तिहार धमाका–२०२५ तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
विजया दशमी तथा शुभ–दिपावली २०८२ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान सहित बृहत् सांस्कृतिक कार्यक्रम तथा दशैं–तिहार धमाका–२०२५ हुन लागेको हो । १७ अक्टोबर २०२५ मा नवोरोज हल (अर्बिल)मा बिहान ११ देखि बेलुका ७ बजे सम्म हुने कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित लोकप्रिय गायिका प्रीती आले र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाए ।


कार्यक्रमलाई सफल बनाउन कुर्दिस्तानमा स्थापित संघ संस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यावसायी, कलाकारहरु लगायत कुर्दिस्तानमा रहनुभएका सम्पुर्ण नेपालीहरुलाई उपस्थितका लागि आयोजकले निमन्त्रणा गरेका छन् ।











