काठमाडौं । बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा जेन-जी पुस्ताको आन्दोलनमा ज्यान गुमाएहरुकको सम्झनामा तथा संविधान दिवसको अवसरम मणिमोन्लम प्रार्थना तथा दीप प्रज्वलन गरिएको छ । शुक्रबार बौद्धनाथ महाचैत्य परिसरमा आयोजित कार्यक्रममा दीप प्रज्वलन तथा सहदात प्राप्त युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको हो।

भदौ २३ र २४ गते भ्रष्टाचार विरुद्ध, सुशासन र समृद्धिको मागसहित जेनजी पुस्ताद्वारा सञ्चालन गरिएको आन्दोलनमा सहादत प्राप्त गरेका वीरहरूलाई सम्झिँदै उपस्थित सहभागिहरूले बौद्ध स्तुपाको परिक्रमा गरीएको थियो । कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाको विशेष सहभागिता रहेको थियो। साथै चित्त मुक्तिका लागि बौद्ध धर्म परम्परा अनुसार परम पुजनिय धर्मगुरु श्री लोव्साङ नाम्गेल रिन्पोछेज्यूको सानिध्यतामा मणिमोन्लम प्रार्थना तथा दीप प्रज्वलनमा बौद्ध धर्मका प्रमुख लामाहरू, समितिका सदस्यहरू, स्थानीयवासी तथा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सुशासन र भ्रष्टाचार निवारणको माग गर्दै भदौ २३ गते आन्दोलनमा उत्रेका जेन(जी पुस्तामाथि सरकारले निर्मम दमन गरेको थियो । त्यसक्रममा १९ जनाको मृत्यु भएको थियो ।सरकारी दमनको आक्रोशपछि प्रदर्शन हिंसात्मक बन्दा २४ गते देशभर तोडफोड र आगजनी समेत भएको थियो । २३ गतेको आन्दोलन र त्यसपछिका घटनाक्रममा अहिलेसम्म ७४ जनाको मृत्यु भएको पुष्टि भएको छ । यसैगरी, ६ सय भन्दाबढी घाइते छन् भने हजारौं मानिसहरु प्रत्यक्ष प्रभावित भएका छन्, जसले लाखौंको जनजीवनमा ठूलो कठिनाइ सिर्जना भएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय