काठमाडौं । काठमाडौंको स्वयम्भू किमडोलमा अवस्थित थुब्तेन धारग्ये लिङ गुम्बामा दशैंको अवसरमा आयोजना गरेको न्युङ्ने अर्थात् मौन ब्रत सम्पन्न भएको छ।

१३ गते फूलपाति देखि सुरु भएको तिनदिने न्युङ्ने अर्थात् मौन ब्रत आज सम्पन्न भएको हो । उक्त निराहार मौन व्रतमा ३० जना लामागुरुहरु र ७० जना बन्द बढी भक्तजनहरु सहित १०० जना बढी बसेका थिए ।

बहुसङ्ख्यक हिन्दू धर्मावलम्बीहरुले पशुबलि दिएर दशैँ मनाइरहेका बेला बौद्धधर्मावलम्बीहरुले भने फूलपातीदेखि गुम्बाहरुमा न्युङ्ने अर्थात् मौन ब्रत बसिका हुन् । उनीहरु दशैँमा बलि दिइने प्राणीहरुको आत्माको शान्तिको कामना गर्दै मौन व्रत बसेका हुन् ।

तिनिदने न्युङ्ने अर्थात् मौन व्रत प्रमुख लामा लामा लुङरी साङबोको विषेश उपस्थितमा सम्पन्न भएको गुम्बाका अध्यक्ष डिल बहादुर लामाले जानकारी दिनुभयो । आगामी वर्षहरूमा पनि निरन्तर न्युङ्ने अर्थात् मौन व्रत कार्यक्रम सञ्चालन हुने गुम्बाका आनी जेगे (ग्यान्जा) ले बताइन् ।

पहिले पहिले गुम्बामा लामागुरुहरु मात्र न्युङ्ने ब्रत बस्ने गर्थे तर हिजोआज युवा र बालबालिका पनि उत्सुकताका साथ न्युङ्ने बसेका छन् । न्युङ्ने बस्दा आफूले चाहेको कामना पूरा हुने र परिवारमा समेत सुखशान्ति हुने विश्वास रहेको प्रमुख लामा लामा लुङरी साङबाको भनाइ छ ।

जीवनमा जानी वा नजानी गरिएका कुकर्म र पापबाट मुक्त हुने विश्वासका साथ बौद्व धर्मावलम्बी न्युङ्ने व्रत बस्ने चलन रहेको छ ।न्युङ्ने व्रत मनलाई शान्त र धैर्य हुन सिकाउने किसिमको ध्यान अर्थात उपसना हो । बौद्व धर्मावलम्बीहरु विभिन्न समयमा न्युङ्ने व्रत बस्छन् । । दशैँमा बस्ने न्युङने व्रतको भने छुट्टै महत्व रहेको लामाको भनाइ छ ।

थुब्तेन धारग्ये लिङ गुम्बामा बिगत ३१ बर्ष देखि न्युङ्ने अर्थात् मौन ब्रत संचालन भइरहेको छ । गुम्बामा, काठमाडौ, काभ्रे,सिन्धुली, सिन्धुपालञ्चोक, ललितपुर, भक्तपुर, मकवानपुर र रामेपाछ लागयत विभिन्न ठाउका लामा गुरु तथा अन्य सयौ जनाको व्यक्तिहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय