काठमाण्डौ । खराब मौसम र बाटोको अवस्था हेरेर ट्राफिक प्रहरीले नागढुङ्गा चेकपोष्टबाट बाहिरिन लागेका दुई सय ५० गाडीलाई काठमाण्डौतर्फ नै फर्काएको छ ।
धादिङमा पहिरो खसेको तथा तत्काल खुलाउन सक्ने अवस्था नरहेकाले दुई सय ५० भन्दा बढी गाडीलाई काठमाण्डौ फर्काइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो ।


आज विहानदेखि नै नागढुङ्गा–मुग्लिन सडक खण्डका विभिन्न ठाउँमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै ट्राफिक प्रहरीले ‘माइकिङ’ गरिरहेको उहाँले बताउनुभयो ।










