महाभार, काभ्रे । काभ्रेपलान्चोक जिल्लाको महाभारत गाउँपालिका–५ चौढिकमा वडास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । चौढिक युथ क्लबको आयोजनामा हुने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः घोर्ले खसी, लर्कने बोका र नौसिङ्गे भाले पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गर्ने भएको हो ।
क्लबका सल्लाहकार तथा एलटिआर मगर सेवा समाजका अध्यक्ष टेकबहादुर तुम्सिङ मगरका अनुसार नेपालीहरूको महान पर्व बडा दशै, शुभ दिपावली लगायत पर्वको अवसरमा भलिबल प्रतियोगिता आयोजना गरेको जानकारी दिए । राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्न्र नाराका साथ महाभारत–५ चौढिक खाल्टामा कार्तिक ४ गते प्रतियोगिता आयोजना गरेको उनको भनाइ छ ।


हरेक वर्ष दिपावलीको अवसरमा दैसी भैलो कार्यक्रम आयोजना गर्दै आएकोमा यस वर्ष भलिबल प्रतियोगिता आयोजना गरेको क्लबका अध्यक्ष बेनबहादुर तुम्सिङ मगरले जानकारी दिए । क्लबका सदस्यहरूसग सहयोग संकलन तथा क्लबको स्रोतबाट प्रतियोगिता आयोजना गर्न लागेको उनको भना छ ।
वडा न ५ का वडाध्यक्ष विजय राना मगरले प्रतियोगिताको उद्धाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जानकारी दिए । प्रतियोगितामा वडाभरिका ६ टिमभन्दा बढीले भाग लिने आयोजकले जानकारी दिए ।










