काठमाडौँ । रोल्पाको सुनिलस्मृति गाउँपालिका –४ धुलेओडारमा गएराति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा तीन जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

लु २ च ८०१५ नम्बरको जिप गएराति पौने १० बजेतिर सडकबाट खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विज्ञान चापागाईँले जानकारी दिए ।

दुर्घटनामा ३२ वर्षीय थम्मन रोका मगरको उपचारका क्रममा मृत्यु भएको र अन्य तीन जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको उनले बताए ।

दुर्घटनामा परी लुंग्री गाउँपालिका–७ हर्जनका ४० वर्षीय खिमबहादुर पुन, लुंग्री –४ साल डाडाँकी २७ वर्षीया भावना गिरी र उनकी ५ वर्षीया छोरी शान्ति गिरी घाइते छन्। घाइते तीनै जनाको अवस्था जटिल रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय