काठमाडौं । चलचित्र ‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ । एकता पौडेलको निर्देशनमा निर्माण भएको चलचित्रको गीतमा सिनेमाका दुई मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा प्रस्तुत छन् ।
एलिस कार्कीले कम्पोज गरेको गीतमा सनिश श्रेष्ठ र अप्सरा घिमिरेको स्वर छ । नीरकमल खड्काको शब्द रचना रहेको गीतमा एरेञ्ज, मिक्सिङ र मास्टरिङ शैलेन्द्र एम प्रधानको छ ।


मंसिर १२ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘हर्ष’मा खगेन्द्र र वर्षासहित नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडीलगायत कलाकारको अभिनय छ ।










