मकवानपुर । मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार बागमती प्रदेश ०३–००५ प ७९८० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटसाइकलका चालक हेटौँडा उपमहानगरपालिका–२ चौकी टोल निवासी ३९ वर्षीय वीरबहादुर गुरुङ र पछाडि बसेका पूर्वी नवलपरासी कावासोती नगरपालिका–१३ घर भई हेटौँडा उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङको ज्यान गएको हो ।


जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार दुर्घटनाको थप अनुसन्धान भइरहेको छ ।










