पोखरा । अवतरणका क्रममा बुद्ध एयरको एउटा विमान शनिबार (मंसिर १३) चरासँग ठोक्किएको छ ।

काठमाडौंबाट पोखरा उडान भरेको बुद्धको ९एन–एओसी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोक्किएको थियो ।

चरा ठोक्किए पनि यात्रु र चालक दल सुरक्षित रूपमा अवतरण भएको बुद्ध एयरका कम्युनिकेसन म्यानेजर दीपेन्द्र कर्णले जानकारी दिए ।

उनका अनुसार, विमानको प्राविधिक परीक्षण जारी छ । दुई हप्ताअगाडि पनि पोखरामा बुद्धकै विमानमा चरा ठोक्किएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय