♦जिवन तामाङ

युएई । तामाङ समाज युएई अबुधाबीले समुदायको संस्कृतिको संरक्षण तथा पहिचान प्रवर्द्धनका लागि प्रत्येक वर्ष जस्तै यस वर्ष पनि भव्य र विशिष्ट ढंगले मन्जुर श्री सम्बत २८६२ औं ता-ल्हो (घोडा बर्ग) सोनाम ल्होछार विशेष कार्यक्रम गर्ने तयारी पूरा गरेको छ । विदेशमा रहेर आफ्नो भाषा, संस्कार र परम्परालाई निरन्तर जगेर्ना गर्दै आएको तामाङ समुदायका लागि सोनाम ल्होछार केवल चाड मात्र नभई सांस्कृतिक एकताकै ठूलो पर्वका रूपमा मनाइन्छ। यही भावनालाई आत्मसात गर्दै यस वर्षको कार्यक्रममा अझ विस्तृत रूप, नयाँ आकर्षण र सामुदायिक सहभागिता सुनिश्चित गर्ने निर्णय भएको तामाङ समाज युएईका उपाध्यक्ष श्याम तामाङले जानकारी दिनु भयो ।

कार्यक्रमलाई सफल बनाउन तामाङ समाजका पदाधिकारी, परामर्शदाता, विभिन्न शाखा समितिहरू तथा युएईभर छरिएर बसेका तामाङ दाजुभाइ तथा दिदीबहिनीहरू सक्रिय रूपमा जुटिरहेका छन् ।

ल्होछार कार्यक्रमलाई भब्य बनाउन नेपालदेखि बरिस्ठ कलाकारहरु र युएईमा रहेको एस्थानिय कलाकारहरुको बेजोड प्रस्तुत समेत रहेको छ ।

तामाङ समाज युएईले विदेशमा रहँदा पनि आफ्नो परम्परा बिर्सिन नदिने, सबैलाई एक ठाउँमा ल्याएर पारस्परिक सद्भाव र सहयोगको भावना बढाउने उद्देश्यका साथ हरेक वर्ष सोनाम ल्होछार विशेष कार्यक्रम गर्दै आएको छ । यस वर्ष पनि सोही परम्परालाई निरन्तरता दिँदै कार्यक्रमलाई अझ व्यवस्थित, आकर्षक र बहुआयामिक बनाइनेछ। युएईमा रहेका सबै तामाङ समुदायका सदस्यहरू तथा नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई सांस्कृतिक सन्देश फैलाउन समाजले आह्वान गरेको छ ।

सम्पूर्ण तयारी लगभग पूरा भइसकेको र कार्यक्रमलाई सफल बनाउन स्वयंसेवकदेखि कलाकारसम्म उत्साहित रहेको समाजले बताएको छ। यस वर्षको सोनाम ल्होछार विशेष कार्यक्रमले केवल तामाङ समुदायलाई सँगै ल्याउनेछ, तर नेपालीहरूको एकता, सांस्कृतिक विविधता र पहिचानलाई पनि उजागर गर्नेछ भन्ने समाजले विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय