महाभारत, काभ्रे । ‘युवा सेवा समाज, महाभारत–१’ ले महाभारत गाउँपालिका– १ को ३ वटा विद्यालयमा शैक्षिक सामग्री वितरण गरेका छन् । वडाका तीन वटा विद्यालयका १ सय १२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरू वितरण गरेको हो ।

गुणस्तरीय शिक्षामा टेवा पु¥याउने उद्देश्यका साथ युवा सेवा समाजले शैक्षिकसामग्री वितरण गरेको हो । गुणस्तरीय शिक्षामा, टेवा पु¥याएर बौद्धिक विकासको उज्यालोतर्फ लैजाने उद्देश्यले गरिएको उक्त कार्यक्रममा अंग्रजी नयाँ वर्ष जनवरी १ तारिखका दिन महाभारत १ का जनसन्देश प्रावी (फिरिम), ज्ञानोद्धय प्रावी (आफ्टर) र चन्द्रोद्धय प्रावी (छोटेसाहन) का विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

युवा सेवा समाजका बिछोड जिम्बा, राजेन्द्र लामिछाने मगर, ओम कुमार श्रेष्ठ, रोशन तामाङ र रमेश योन्जनको सक्रियतामा कपी, कलम, पेन्सिल इरेजर, कट्टर, डिस्नेरी र वर्णमाला लगायत विभिन्न शैक्षिक सामग्रीहरू वितरण गरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय