महाभारत,काभ्रे । काभ्रेपलान्चोक जिल्लाको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा”संसार”ले महाभारत गाउँपालिका भित्र विभिन्न कार्यालय मार्फत ठेक्का लिई काम अलपत्र पार्ने निर्माण कम्पनी र ठेकेदारहरूलाई ७ दिन भित्र आफ्नो काम गर्न अनुरोध गर्नु भएको छ।
एक साता भित्र आफ्नो कार्यक्षेत्रमा काम सुरू नगरे पहिलो चरणमा कम्पनीको नाम, ठेगाना सहित सचेतना गराइने,दोस्रो चरणमा सञ्चालकको नाम,फोटो र कुन राजनैतिक दलको नेता,मन्त्री हो सार्वजनिक गरिने र सामाजिक हिसाबले चिनाउने र तेस्रो चरणमा कानुन बमोजिमको कारवाही प्रकृया अगाडी बढाइने जानकारी दिनुभएको छ। यस कार्यमा आफूलाई साथ दिन जिल्ला स्थित कार्यालयहरू, आम जनसमुदाय, राजनैतिक दलहरु, कर्मचारीहरु, पत्रकार र सरोकोरवालाहरु सबैमा अनुरोध गर्दै सकारात्मक सुझावको लागि समेत आव्हान गर्नु भएको छ।












