काभ्रेपलाञ्चोक । पनौती नगरपालिकास्थित Lamas Boy’s Club का फुटबल खेलाडीहरूलाई १३ सेट जर्सी हस्तान्तरण गरिएको छ। स्थानीय युवामा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा खेलाडीहरूलाई जर्सी प्रदान गरिएको हो।
जर्सी सहयोग गर्नुहुने पनौती–५ निवासी समाजसेवी, व्यवसायी तथा नेता इन्द्र कुमार श्रेष्ठप्रति आयोजक पक्षले आभार व्यक्त गरेको छ। सहयोगले क्लबका युवा खेलाडीहरू उत्साहित भएको बताइएको छ।


कार्यक्रम नेपाली कम्युनिष्ट पार्टीका नेता तथा समाजसेवी दैवलाल घिसिङ (अनुशील) र अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला अध्यक्ष विरेन्द्र लामाको पहल तथा उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा वक्ताहरूले खेलकुदले युवामा अनुशासन, एकता र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।
Lamas Boy’s Club ले आगामी दिनमा खेल गतिविधिलाई थप व्यवस्थित बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।










