चितवन । भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गएराति मोटरसाइकल खस्दा एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय विनोद सुवेदीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका सुवेदीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय