काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको चौंरीदेउराली गाउँपालिकाले वडा तहमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् । पालिकाले दोस्रो त्रैमासिक अन्तर्गतको सामाजिक सुरक्षा भत्ता वडा तहमै पुगेर वितरण गरेको हो ।

बैंकमा जान नसक्ने ज्येष्ट नागरिक र अपांगता भएका ब्यक्तिहरुको समस्यालाई मध्यजनर गर्दै वडास्तरमै पुगेर भत्ता वितरण गरिएको पालिका अध्यक्ष रेणुका चौलागाईले बताउनुभयो ।साथै वडामा पनि आउन नसक्ने लाभग्राहिहरुको लागि घर घरमै पुगेर वितरण गरको पन्जिकरण शाखाका उर्मिला परियारले जानकारिदिनु भयो ।

सामाजिक सुरक्षा भत्ता वितरणका लागि पालिकामा रहेको कुमारी बैंकका कर्मचारी, सुरक्षाकर्मी र पालिकाका कर्मचारी खटिएका थिए । पालिकाले वडा नम्बर १, २, ३ र ८ नम्बरको वडा कार्यालयमै पुगेर भत्ता वितरण गरेको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय