काठमाण्डौ । भोटेबहालमा बसको ठक्करबाट दुई जना भारतीय नागरिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाह रहेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

काठमाण्डौ महानगरपालिका वडा नमबर १२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ गुडिरहेको ओमजनता यातायातको ठक्करबाट उनीहरुकाे ज्यान गएकाे हाे । हिजो बागमती प्रदेश–३–०१–००५ ख ९२९८ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा गएराति राष्ट्रिय ट्रमा सेन्टरमा ज्यान गएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिनुभयो ।

बस चालक दोलखा घर भई कपन बस्ने ३५ वर्षीय मानबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय