काठमाडौँ । हास्य कलाकार सागर लम्साल ‘बले’ माथि लागेको बलात्कारको गम्भीर आरोपलाई लिएर सामाजिक सञ्जालमा बहस तातिरहेका बेला चर्चित गायक शिव परियारले पनि टिप्पणी गरेका छन्। उनले ‘सो कल्ड’ सामाजिक इन्फ्लुएन्सरहरूलाई लक्षित गर्दै अनुसन्धानलाई प्रभावित पार्ने गरी नकारात्मकता नफैलाउन चेतावनी दिएका हुन्।

नयाँ सरकार गठन भएपछि अपराधीहरूमाथि भइरहेको कारबाही प्रक्रियाप्रति विश्वास व्यक्त गर्दै उनले सम्बन्धित निकायलाई निष्पक्ष काम गर्न दिनुपर्नेमा जोड दिएका छन्। गायक परियारले सामाजिक सञ्जालमा ‘चमत्कार र बलात्कार’ भन्दै शब्दको खेल खेलेर घटनालाई गिज्याउने र नकारात्मकता फैलाउने प्रवृत्तिप्रति तीव्र आक्रोश पोखेका छन्।

उनले लेखेका छन्, ‘आफ्नो टाउकोमा रहेको गिदी पिछवाडामा पेस्ट गरेको जस्तो आभास सामाजिक सञ्जालमा नदिने पो हो कि ? कृपया यति कष्ट गरिदिने पो हो कि ?’ परियारले यस विषयमा पत्रकार दिल निशानी मगरको धारणाप्रति आफू सहमत रहेको पनि स्पष्ट पारेका छन् ।

पीडितले घटनाको जिकिर गरिसकेको अवस्थामा नेपाल सरकार र यसका सुरक्षा निकायले सत्यतथ्य छानबिन गरी दोषी ठहर भए कारबाही र निर्दोष भए सफाइ दिनेमा आफू विश्वस्त रहेको उनले बताएका छन्।

अनुसन्धान नसकिँदासम्म धैर्य गर्न र घटनालाई नकारात्मक रूपमा प्रभावित पार्ने गतिविधि नगर्न उनले सबैमाझ विनम्र अपिल गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय