काभ्रेपलाञ्चोक । काभ्रेको बेथानचोक गाउँपालिका अन्तर्गत पर्ने च्याल्टी–कोठे–दयागाउँ हुँदै खानिखोला गाउँपालिका जोड्ने नाकासम्बन्धी लामो समयदेखिको समस्या समाधानतर्फ उन्मुख भएको छ। वर्षायाम सुरु भएसँगै क्षतविक्षत बन्दै आएको उक्त सडक तथा नाकाको विषयमा स्थानीय तह र अगुवाहरूबीच लिखित सहमति भएको जनाइएको छ।

स्थानीयका अनुसार वर्षेनी वर्षात्का कारण सडक बिग्रिने, आवतजावतमा कठिनाइ हुने तथा नाकाको व्यवस्थापनलाई लिएर विवाद सिर्जना हुँदै आएको थियो। विशेषगरी वर्षायामको सुरुवातमै सडक क्षतविक्षत बन्ने र समयमा काम नभएको भन्दै जनस्तरबाट व्यापक गुनासो तथा असन्तुष्टि व्यक्त हुँदै आएको थियो।

यसपटक भने दीर्घकालीन समाधान निकाल्ने उद्देश्यसहित सरोकारवालाहरूबीच औपचारिक सहमति भएको बताइएको छ। सहमति प्रक्रियामा खानीखोला गाउँपालिका इन्द्रबहादुर थिङ, बेथानचोक गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष राज कुमार वाइबा, युवा नेता तथा समाजसेवी दैबलाल घिसिङ, स्थानीय समाजसेवी जगतबहादुर वाइबा लगायत स्थानीय अगुवाहरूको सक्रिय पहल रहेको जनाइएको छ।

स्थानीयवासीहरूले पहलकर्ताहरूलाई धन्यवाद दिँदै उक्त सहमतिले सार्थकता पाए हजारौं खानिखोलावासीले प्रत्यक्ष लाभ पाउने विश्वास व्यक्त गरेका छन्। साथै, सडक तथा नाकाको दिगो व्यवस्थापनमार्फत स्थानीय जनताको आवतजावत, व्यापारिक गतिविधि तथा दैनिक जीवन सहज हुने अपेक्षा गरिएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय