• कफी उत्पादन वृद्धि, गुणस्तर सुधार र बजार व्यवस्थापनमा गाउँपालिकाको प्रतिबद्धता

खानीखोला, काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालन गरेको ‘कफिमा जसको उत्पादन उसैलाई अनुदान’ कार्यक्रमको वार्षिक समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

आइताबार (२०८३ साउन १७ गते) गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) को अध्यक्षता रहेको थियो। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बा, प्रमुख प्रशासकीय अधिकृत जीवनराज अर्याल, जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न कृषक समूहका कफी उत्पादक कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत प्राप्त उपलब्धि, कफी उत्पादनको अवस्था, उत्पादनका आधारमा अनुदान वितरण, कार्यान्वयनका क्रममा देखिएका चुनौती तथा आगामी रणनीतिबारे विस्तृत समीक्षा र अन्तरक्रिया गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थिङले उत्पादनमा आधारित अनुदान कार्यक्रमले वास्तविक कफी कृषकलाई प्रत्यक्ष लाभ पुर्‍याउँदै व्यावसायिक कफी खेतीतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले कफी खेतीलाई गाउँपालिकाको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उत्पादन वृद्धि, गुणस्तर सुधार, बजारीकरण र आवश्यक प्राविधिक सहयोगलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

कार्यक्रममा सहभागी कृषकहरूले कफी उत्पादन, प्रशोधन, बजारीकरण तथा प्राविधिक सेवासम्बन्धी आफ्ना अनुभव र सुझाव राख्दै उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई अझ प्रभावकारी र दिगो बनाउन आग्रह गरेका थिए।

गाउँपालिकाले सञ्चालन गर्दै आएको ‘कफिमा जसको उत्पादन उसैलाई अनुदान’ कार्यक्रमले वास्तविक उत्पादनका आधारमा कृषकलाई अनुदान उपलब्ध गराउँदै व्यावसायिक कफी खेतीको प्रवर्द्धन, कृषकको आय वृद्धि तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय