धादिङ। त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरस्थित पृथ्वीराजमार्गको सडक खण्ड भासिएपछि नयाँ ट्रयाक खन्ने काम सुरु गरिएको छ।

गत भदौ १० गते र त्यसपछिको भीषण बाढीले सडक कटान गरेपछि पृथ्वीराजमार्गको उक्त खण्डमा सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएको थियो।

त्रिशूली नदीले सडकको ठूलो हिस्सा बगाएपछि यातायात सञ्चालन ठप्प भएको थियो। सडक सञ्जाल टुटेका कारण आवागमन रोकिँदा हाल सो स्थानमा सडक पुनः सञ्चालनमा ल्याउन नयाँ ट्रयाक खोल्ने कार्यलाई तीव्रता दिइएको छ।

सडक विभाग र सम्बन्धित निकायको पहलमा नयाँ मार्ग तयार गरी राजमार्गलाई पुनः जोड्ने प्रयास भइरहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय