काभ्रे । अविरल वर्षाका कारण सडक अवरुद्ध भएपछि काभ्रेको खानिखोला गाउँपालिका–७, मिल्चेमा घाइते भएका एक व्यक्तिलाई स्थानीय युवाहरूले स्ट्रेचरमा बोकेर अस्पतालतर्फ लगेका छन्।

मिल्चे निवासी मानबहादुर थोकर यात्रा गर्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए। गाउँमै प्राथमिक उपचार गरिए पनि थप उपचारका लागि अस्पताल लैजानुपर्ने भएपछि एम्बुलेन्स बोलाइएको थियो।

तर, लगातारको वर्षाका कारण सडक बिग्रिएर एम्बुलेन्स गाउँसम्म पुग्न नसक्ने अवस्था भएपछि स्थानीय युवाहरूले घाइते थोकरलाई स्ट्रेचरमा राखेर सडकसम्म ल्याएका हुन्।

वर्षाका कारण सडक अवरुद्ध हुँदा स्थानीयको आवतजावत तथा आकस्मिक स्वास्थ्य सेवासमेत प्रभावित भइरहेको अवस्थामा युवाहरूले देखाएको सहयोगले विपद्को समयमा समुदायको सहकार्य र मानवीय भावनालाई उजागर गरेको छ।

घाइतेको उद्धारमा खटिएका खानिखोलाका स्थानीय युवाहरूलाई सलाम।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय