काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङ र कञ्चन निरौलाले लामो समयको प्रेमलाई विवाहमा परिणत गरेका छन् ।
उनीहरुले आज (बुधबार) बालुवाटारको सिल्भर ओक पार्टी प्यालेसमा धुमधामका साथ विवाह गरेका छन् ।


किरण इमाडोलस्थित घरबाट जन्तिसहित बालुवाटारस्थित पार्टी प्यालेसमा पुगेका थिए ।
किरणले कञ्चनसँग गत साउनमा माल्दिभ्समा विवाहको प्रस्ताव गर्दै इंगेजमेन्ट गरेका थिए ।










