
-सुनिता दोङ
कुर्दिस्तान । प्रवासी नेपाली समाज कुर्दिस्तानको चौथो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । नेपालको विभिन्न जिल्लामा घर भई कुर्दिस्तानलाई कर्मथलो बनाएका नेपालीहरुको संस्था प्रवासी नेपाली समाज कुर्दिस्तानले डिसेम्बर ३ तारिखका दिन साधारण सभा तथा अधिबेशन सम्पन्न गरेको हो ।
कुर्दिस्तानको सुलेमानिमा सम्पन्न साधारण सभा तथा अधिवेशनले विनोद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिती पनि चयन गरेको छ । नवनिर्वाचित कार्यसमितीको उपाध्यक्षमा ठुलोकान्छा शेर्पा र शोभा भुजेल, महासचिवमा पुर्णहाङ लिम्बू, सचिव ठिलेन शेर्पा, कोषाध्यक्षमा इन्द्र श्रेष्ठ र सह कोषाध्यक्षमा साङ्गमु तामाङ चयन भएका छन् ।


“हिमाल पहाड तराई कोही छैन पराई,जुनसुकै जातजाति भाषा धर्म माने पनि हामी सबै नेपाली” भन्ने नाराका साथ स्थापना भएको समाजले नेपाल तथा कुर्दिस्तानमा रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको हरेक दु:खमा साथ दिने उद्देश्य लिएको जनाईएको छ ।