महाभारत, काभ्रे । काभ्रे जिल्लाको डाँडापारि महाभारत गाउँपालिका –२ बेसिटोलमा प्रथम टोल स्तरिय फुटबल प्रतियोगिता हुने भएको छ ।
म्हबार युवा क्लवको आयोजनामा विजया दशमीको अवसरमा असोज १५ गते देखी १७ गते सम्म प्रथम टोल स्तरिय फुटबल प्रतियोगिता–२०७९ फुटबल प्रतियोगिता हुदैछ ।


बेसिटोल खेलकुदमा हुनगईरहेको फुटबल प्रतियोगितामा टोलका क्लव तथा समुहका खेलाडीहरु खेलमा भाग लिन पाउने छन् ।
बेसिटोलमा पहिलो पटक हुनलागेको प्रतियोगितामा टिम दर्ता शुल्क ३ हजार रहेको छ भने प्रतियोगितामा प्रथम हुने टिमलाई १ं५ हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमलाई १० नगद, ट्रफी, मेडल र प्रमाणपत्र र तेस्रो हुनेले टिमलाई ५ हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र व्यवस्था रहेको खेल संयोजक जेम्स तामाङले बताए ।










