
जीवन तामाङ
श्री बल्थली बचत तथा ऋण सहाकरी सस्थाको१५ औं साधारण सभा सप्पन्न । फोटो फिचर
काभ्रे पनौती । पनौतिनगरपालिका ११ मा रहेको श्री बल्थली बचत तथा ऋण सहकारी सस्थाको १५ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।


सस्थाको वाषिर्क साधारण सभाको शुभकामना मन्तव्य दिदै प्रमुख अतिथी पनौति नगरपालिका बरिस्ठ प्रशासकिया अधिकृत ईन्द्र प्रषाद अधिकारीले पनौति नगरपालिकामा आबश्यकता भन्दा बढी सहकारी भैसकेकोले बिषय मिल्ने सहकारीलाई मर्ज गर्दै लानुपर्ने बताउनु भयो साथै सहकारीले सदस्यहरुलाइ ऋण दिदा कुन प्रयोगको लागि लिईरहेका छ्न भनेर अनुगमन गर्नुपर्ने बताउनु भयो। साथै वहाले सहकारीमा लागेर हामी कत्तिको समृद्धि भयौ भनेर बिचार गर्ने बेला आएको समेत बताउनु भएको छ ।
अतिथी पुर्व वडा अध्यक्ष तारा मान लामाले सहकारीले आर्थिक लेनदेनमा मात्र सिमित नभै सामुदायिक बिकासको निम्ति सामुदायिक लगानीमा जोड दिनुपर्ने र यसका लागि ब्यबासायिक रुपमा सन्चालन गर्नका लागि लगानी गर्न आग्रह गर्दै सभाको सफलताको शुभकामना दिनुभयो । र बागमती प्रदेश होमस्टे संघको अध्यक्ष ज्युले ऋण लगानी गर्दा के को लागि लगानी गर्ने हो त्यो अनुगमन गरेर लगानी गरेमा धेरै राम्रो हुने र यस सहकारीले होमस्टे संचालनमा पनि जोड दिईयो भने रोजगारीको अबसर सबैलाई मिल्ने समेत बताउनु हुदै आफ्नो शुभकामना मन्तव्य समेत प्रस्तुत गर्नु भएको थियो । त्यसै गरि कारितास नेपाल जिबिको पर्जान कार्यक्रमका संयोजक कृष्ण कुमार तामाङले पनि आफ्नो भनाइ सहित शुभकामना मन्तव्य राख्नु भएको थियो ।
साधारण सभामा च्यासिङ्खर्क बचत तथा ऋण सहकारीका प्रतिनिधि धवा लामा, लड्केस्वर अधारभुत बिद्यालयका प्रधानध्यापक बिष्णु प्रषाद शर्मा , जिल्ला सहकारी संघका संचालक सदस्य बाल कृष्ण दाहाल लगायतले साधारण सभाको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
सस्थाका अध्यक्ष खुमाया तामङ सभापतित्वमा कार्यक्रम सन्चलन भएको थियो भने कार्यक्रममा खोपासी इ प्र का का इन्चार्ज रबिन्द्र बस्नेत, च्यासिङ्खर्क बचत तथा ऋण सहकारी सस्थाका प्रतिनिधि धावा लामा कार्यसमिती सदस्यहरुको आतिथ्यता रहेको थियो ।
साधारणसभामा उत्कृष्ट सेयर खरिद कर्ता निकिता थापा उत्कृष्ट बाल बचत कर्ता एमिशा तामाङ उत्कृष्ट जेष्ठ नागरिक बचत कर्ता साईली तामाङलाई प्रमुख अतिथी अधिकारीले सम्मान तथा पुरस्कार प्रदान गर्नुभयो ।
सस्थाले हाल दुई करोड उनन्चास लाख अन्ठानब्बे हजार आठ सय बैसठ्ठीको आर्थिक कारोबार गरेको छ । सभामा अध्यक्ष ज्युको प्रतिबेदन पेस गरियको थियो भने लेखा सुपरिवेक्षण समितीको प्रमोद लामाले प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । भने बन्द सत्रमा सचिब ज्युको प्रतिबेदन र कोषाध्यक्ष ज्युको प्रतिबेदन पेस गरिएको थियो ।