काठमाडौं । गायक जयराम खड्काको नयाँ लोक दोहोरी गित ‘कर्मै रुखो’ सार्वजनिक भएको छ । गायक तथा मोडल जयराम खड्काको र गायीका सरिता थापा मगरको स्वर रहेको उक्त गीत ‘जेके मिडिया हाउस’ युट्युब च्यानमार्फत डिजिटल बजारमा आएको हो ।
मनछुने भाका र स्वर रहेको गीतमा सङ्गीत रचना सुफिक्स मदनले गरेका हुन् । गीतको शब्द सर्जक अशोक कुमार सापकोटाले लेखेका हुन् । भिडियोमा जयराम खड्का , अनु परानुली, राजाराम कोईराला, भिम वाग्ले र सरिता खड्काको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन सन्तोष् तिमिल्सिनाले गरेका हुन् भने सम्पादन कल्पेस विश्वकर्माले गरेका हुन् ।












