काठमाडौं । आईसीसी यु-१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार तेस्रो जीत निकालेको छ । सोमबार दिउँसो भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले हराएको हो ।
जीतको लागि १ सय २१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २२.१ ओभरमा एक विकेटको क्षतिमा १ सय २६ रन बनाउँदै लक्ष्य भेट्टायो । नेपालको लागि आकाश त्रिपाठीले सर्वाधिक ६४ रन बनाए । उनले ७२ बलमा ६३ रन बनाए । यस्तै उत्तम थापा मगरले ३९ रनको योगदान गरे ।


यसअघि मलेका क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ४६.३ ओभरमा अलआउट हुँदै १ सय २० रनमा समेटिएको थियो । हङकङका लागि पर्थ भागवात ३६ रन बनाएका थिए । त्यस्तै मोहम्मद जाहिरले २९ रन बनाउँदा अहान त्रिवेदीले ११ रन बनाउँदा हङकङका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि हेमन्त धामीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै आकाश चन्द र सुवास भण्डारीले समान दुई-दुई विकेट लिँदा दीपेश कंडेलले एक विकेट लिए ।
प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।










