महाभारत,काभ्रे । महाभारत गाउँपालिका वडा नम्बर–१ मा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको छ । बुधबार भएको सो कार्यक्रममा वडा स्तरिय प्राथमिक तह हाजिरीजवाफ प्रतियोगितामा भैरब मा.वि.प्रथम भएको छ।

प्रतियोगितामा वडा नं. १ का ५ बटा विद्यायलहरु विच आन्तरिक प्रतिस्पर्दामा भैरव मा.वि. प्रथम भएको हो । प्रतियोगितामा गोकुले मा.वि. द्दितिय, चन्द्रोदय प्रा.वि. तृतीय, ज्ञानोदय प्रा.वि. सन्तोना हासिल गर्न सफल भएको छ।

वडा नं. १ को आयोजनामा र गोकुले माविको व्यवस्थापनमा भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, विषेश अतिथि प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङ, वडा नं १ का वडा अध्यक्ष कान्छामान जिम्बा (रोहिहत), विभिन्न विद्यालयका शिक्षक शिक्षिका, वडाका विदार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय