कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप शुक्रबार बेलुकी ६ बजे ब्याक भएर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा दुईजना स्काभेटरका अपरेटर र एकजना सहचालक रहेको कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताए । उनका अनुसार मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका घर भएका २८ वर्षीय शंकर कठायत, अछामका टेकेन्द्र शाही र सहचालक कालीकोटको शुभकालिका–२ का नवराज शाही रहेका छन् ।

मृतक तीनैजना सेरी पान्तडी सडक खन्ने काममा संलग्न थिए ।

भीरबाट तीनवटै शव निकालेर सडकका ल्याएको र परीक्षणका लागि आफन्त बोलाएर सदरमुकाम लैजाने तयारी भएको प्रहरी प्रमुख खत्रीले बर्ताए ।

उनका अनुसार गाडी सडकबाट ५०० मिटर तल तिला नदीको किनारामा टुक्राटुक्रा भएको अवस्थामा छ । जीप चालक प्रहरीको सम्पर्कमा आएको तर सोधपुछ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । रासस

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय