काठमाडौँ । ग्लोबल खबर मिडिया प्रा.लि.ले काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका वडा नं. ६ मगरगाउँ निवासी तथा वडा नं. ६ का वडा अध्यक्ष एवं नेपाली कम्युनिष्ट पार्टीका नेता रमेश कुमार लुङ्गेलीकी धर्मपत्नी स्वर्गीय भगवती लुङ्गेलीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
ग्लोबल खबरको तर्फबाट प्रकाशक/सह–सम्पादक अमृत योन्जनले आज पुण्यतिथिको अवसरमा महाभारत गाउँपालिका–६ मगरगाउँस्थित निवासमै पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन्।


सो अवसरमा उनले स्वर्गीय लुङ्गेलीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका थिए।

श्रद्धाञ्जली कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, शुभेच्छुक, आफन्त तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्वर्गीय भगवती लुङ्गेलीको ४९ वर्षको उमेरमा गत बैशाख २ गते निधन भएको थियो।










