काठमाडौँ । डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटनामा परेको छ । बिहीबार बिहान ८ः२५ बजे ल्याण्ड गर्नेक्रममा जहाजको एउटा पाङ्ग्रा खुस्किएर दुर्घटना भएको हो ।
डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी रामदत्त चौलागाईले नेपालगञ्जबाट डोल्पा गएको सीता एयरको जहाज दुर्घटनामा परेको बताए । उनले भने, ‘नेपालगञ्जबाट आएको जहाज अवतरणको क्रममा पछाडितिरको दायाँतर्फको एउटा पाङ्ग्रा खुस्किएको हो । जहाजमा सामान्य क्षति भएपनि सबै यात्रु सकुशल रहेका छन् ।’


उनका अनुसार जहाजमा १३ जना यात्रु थिए । पुरुष ११ जना थिए । यात्रुमध्ये ७ जना विदेशी हुन् ।
अहिले प्राविधिकहरूले जहाजको जाँच गरिरहेको चौलागाईले जानकारी दिए ।










