काठमाडौँ । अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रहरी कार्यालय घेराउ गर्न पुगेका तामाङ र मगर समुदायका सम्बद्ध कलाकारसहितका २८ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ६ जना महिलासहित २८ जना रहेको टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी अनिल अधिकारीले जानकारी दिए ।

अधिवक्ता पाण्डेले तामाङ समुदायलाई होच्याएर अभिव्यक्ति दिएको भन्दै नेपाल तामाङ घेदुङका तर्फबात कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द्र पुनले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए ।

यही क्रममा आन्दोलन गर्न पुगेका तामाङ कलाकारहरूले परिसरको कार्यालय घेरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय