काभ्रे । जिल्लाको पनौती नगरपालिकाले नगरका किसानलाई पाडी वितरण गरेका छन् । नगरपालिकाले यस वर्षको पहिलो चरणमा पनौती–४ का कृषकहरुलाई १५ वटा पाडी वितरण गरिएका हुन् ।
पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेले पाडी पालनले आर्थिक उन्नति हुदै जाने र प्रतिफलको लागी केहि समय धैर्य गर्न पनि उपस्थित कृषकलाई आग्रह गरे ।
पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखा प्रमुख मणिप्रसाद सापकोटाले यो वर्ष १५० वटा पाडी वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिए । उनका अनुसार गत वर्ष ८०६ वटा पाडी वितरण गरिसकेका छन् ।
नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले पहिले पाडी वितरण गर्दा खिसीट्युरी गर्नेहरु नै अहिले प्रशंसा गर्न थालेको बताए ।