काभ्रे पनौति । महिला आयआर्जन तथा सीप विकास सम्बन्धी १ महिने एडभान्स सिलाई कटाई तालिम शोमवार पनौतिको रेडक्रश भवनमा सम्पन्न भएको छ । महिलाहरुलाई सीप सिकाएर आयआर्जनमा बृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यका साथ सीपमुलक तालिम संचालन गरिएको थियो ।
पनौति नगरपालिकाको आर्थिक सहयोगमा र दिगो उधम विकास तथा समाजिक विकास केन्द्र (सेस्डेम) काभ्रेको आयोजनामा २०७८ पौष १९ गते देखि माघ १९ गते सम्म तालिम सञ्चालन भएको थियो ।
तालिममा पनौति नगरपालीका भित्रका बिपन्न तथा दलित परिवारका महिलाहरुको सहभागिता रहेको थियो । समापन कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गरियोको थियो ।
तालिम समापनको प्रमुख अथिति पनौति नगरपालीकाका उपप्रमुख गिता बञ्जार ज्युले सीप सिकेका महिलाहरुलाई आफुले सिकेको सिपलाई व्यवसायीकरण गर्न समेत आग्रह गरेका छन् ।
उनले सीप सिकेका अति बिपन्न महिलाहरुले व्यवसाय गर्न चाहेमा ५०% प्रतिशत नगरपालिकाले लगानी गर्न सक्ने समेत बताउनु भएको छ । पनौति नगरपालिकाका महिला साखाका प्रमुख लक्ष्मि पोखरेलले सिपसिकेर मात्रै नहुने. सिकेको सिपलाई सदुपयोग गरि सबै महिलाहरु आपैmमा निर्भर रहन सकिने समेत वताउनु भएकोा छ । कार्यक्रम सञ्चालन दिगो उधम विकास तथा समाजिक विकास केन्द्र (सेस्डेक) काभ्रेका लेखापाल बिन्द्र विस्वकर्माले गरिएको थिए भने कार्यक्रमको समापन सेस्डेक काभ्रेका कोषअध्यक्ष कल्पना विश्वकर्माले गर्नु भएको थियो ।