
महाभारत, काभ्रे । जिल्लाको रोशी गाउँपालिकाको पिन्थलीबाट महाभारतको घर्तिछाप–गोकुले हुँदै हेटौँडा जोड्ने सडकका लागि प्रदेश सरकारबाट ५० करोड छुट्याउने निर्णय भएको छ ।
यसका लागि महाभारतका अध्यक्ष कान्छालाल जिम्बा ‘संसार’ र सो क्षेत्रका संसद समेत रहेका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले बजेटको लागि माग गरेका थिए ।


बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले अध्यक्ष जिम्बा र मन्त्री ढकालको उक्त मागलाई ध्यानमा राखी सो सडकको लागि ५० करोड बजेट छुट्याउने निर्णय भएको जानकारी दिए ।
गाउँपालिका अध्यक्ष जिम्बाका अनुसार पिन्थली–घर्तिछाप–गोकुले सडक मकवनपुरको बागमती गाउँपालिकाको केन्द्र जुरजुरेस्थित् धरान–चतरा (मदन भण्डारी) लोकमार्गमा जोडिने छ ।
डाँडापारि क्षेत्रलाई प्रदेश राजधानी हेटौँडासँग जोड्ने पक्की सडक नहुँदा स्थानीयले आवतजावतमा सास्ती खेप्न बाध्य छन् । उनले भने, ‘खोलाला जोखिम मोले हिड्नु पर्छ , त्यो पनि वर्षादमा बन्छ हुन्छ । हेटौँडा पुग्न काठमाडौँ वा सिन्धुलीको बाटो भएर जान बाध्य छन्,’ उनले भने, ‘अब पिन्थली–घर्तिछाप–गोकुले हुँदै हेटौँडा जोड्ने सकडसँगै बागमती खोलाको पक्की पुलको निर्माण सम्पन्न भएसँगै हेटौँडा सजिलै पुग्न सकिन्छ ।’
अध्यक्ष जिम्बाले सडक राम्रो बनेपा डाँडापारिबासी मात्रै नभई दोलाख, रामेछाप, सिन्धुपल्चोकका नागरिकसमेत लाभान्वित हुने बताए ।
पछिल्लो समय अध्यक्ष जिम्बा काभ्रे र मकवनपुर जोड्ने बागमती खोलाको पक्की पुला छिटोभन्दा छिटो निमार्ण कार्य पुरा गर्न लागिपरेका छन् । उनैको पहलमा केही दिन अघि मात्रै मुख्यमन्त्री पाण्डे लगायतका टोलीलाई अनुगमन गराएका थिए ।
यो पनि पढ्नुहोस्
अध्यक्ष जिम्बाको पहलमा महाभारत घ्याब्रिङ र बालखोपका ५३ घरधुरीमा खानेपानी
काभ्रे–मकवनपुर जोड्ने पुलः दुई अध्यक्षको पहलले गति लिदै, मुख्यमन्त्रीद्धारा निरीक्षण