काठमाडौं । नेपाल तामाङ घेदुङको नवौं महाधिवेशनबाट मोहन गोले तामाङ फेरि अध्यक्षमा निर्वाचित भएका छन।बुधबार आएको मतपरिणाम अनुसार गोलेले अध्यक्षका अर्का उम्मेदवार वेली लामालाई भारी मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन्। गोलेले ४०१ मत ल्याएका छन् भने लामाले १०७ मत पाएका छन्।
घेदुङमा सर्वसम्मत नेतृत्व चयनको प्रयत्न गरेका थिए। कुनै पदमा सहमति भएपनि सहमति नभएको पदमा निर्वाचन भएको थियो । महासचिव, उपमहासचिव, उपाध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्ष सर्वसम्मत भए पनि अध्यक्ष,सह अध्यक्ष, सचिव , खुल्ला सदस्य, संघीय सदस्य लुम्बिनी प्रदेश खुला सदस्य र संघीय सदस्य खुलामा सहमति नभए पछि निर्वाचन भएको हो ।
यसअघि गोले चितवनमा भएको आठौं महाधिवेशनमा प्रत्यासी कुमार ब्लोनलाई हराएर अध्यक्ष निर्वाचित भएका थिए। पहिलो कार्यकाल ६ बर्ष चलाइसकेको छ । घेदुङमा लगातार दोस्रो पटक अध्यक्ष चुनिने गोले दोस्रो व्यक्ति हुन् ।
सह अध्यक्षमा कुमार घिसिङ विजयी हुनु भएको छ । सह अध्यक्षमा कुमार घिसिङले ३२१ मत ल्याई विजयी भएको छ भने प्रतिद्वन्द्वी मित्रसेन योन्जनले १४६ मत प्राप्त गरेका छन् ।
यसै गरी वरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोन, उपाध्यक्ष सोमबले तामाङ, धर्म डुम्जन (लामा), सञ्चु ब्लोन, सिता गोले निर्वाचित भएका छन् । महासचिव काजीमान तामाङ, उपमहासचिव जगतमान दोङ, हर्क तामाङ निर्विरोध निर्वाचित भएका हुन् ।सचिवमा जयमान वाइबा, गोमानसिं तामाङ, बेलबहादुर लामा, कोषाध्यक्षमा रूप योञ्जन, सह–कोषाध्यक्षमा सावित्री तामाङ निर्वाचित भएका छन् ।
सदस्यहरूमा पदमबहादुर ग्याबक, गोपाल मोक्तान, विष्णु मोक्तान, दिलबहादुर तामाङ, पदम तामाङ, चन्द्रबहादुर तामाङ, धनबहादुर तामाङ, डम्बरी माया घिसिङ, कमला तामाङ, शारदामाया तामाङ, पाल्छाङ योञ्जन, जयमान पाख्रिन, भिमबहादुर घिसिङ, प्रेमध्वज लामा, लक्ष्मी वाइबा, राम्रीमाया तामाङ चयन भएका छन् ।
त्यस्तै दिनेशकुमार तामाङ, अमृत तामाङ, मीनबहादुर लामा, सुवास लामा, फुर्साङ तामाङ, सूर्य पाख्रिन, हिरालाल तामाङ, रोजबहादुर मोक्तान, सुवास लामा, निर्मलबहादुर तामाङ, मेम्बर बहादुर लो, दिना लामा, सङ्गीता तामाङ, पासाङडोल्मु तामाङ, उषा वाइबा, सितामाया तामाङ, अजय दोङ तामाङ, शुकदेव तामाङ, सुन्दर तामाङ, आशा तामाङ, वीरबहादुर तामाङ, कविराम तामाङ, जानुकला तामाङ, शान्त तामाङ, इन्द्रमाया लामा, लक्ष्मी पाख्रिन, सुनिता थोकर, निशा मोक्तान, श्रमिक लामा चयन भएका छन् ।