
काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकाका लेकाली क्षेत्रका वनपाखा रंगीबिरंगी लालीगुराँसले रंगिएका छन् । पाखैभरी ढकमक्क गुराँस फुलेपछि पर्यटक वनतिर जान थालेका छन् ।
राताम्मे फुलेका लालीगुराँस र वनजंगलको हरियालीले प्रकृति मुस्कुराइरहेको जस्तो देखिन थालेको छ । काभ्रेसँगै काठमाडौँ उपत्यका लगायतका पर्यटक बेथानचोकको नरायणस्थान लेकमा पुग्न थालेका छन् ।


नेपालमा पाइने ३२ प्रजातिकामध्ये महाभारत श्रंखलमा पर्ने नारायणस्थान क्षेत्रको जंगलमा रातो, सेतो, गुलाबी, चिमालीलगायतका गुराँस पाइन्छ । लालीगुराँसको जंगलको प्राकृतिक सौन्दर्यलाई नियाल्दै पर्यटक मक्ख परेको छ ।
त्यस्तै सो क्षेत्रमा रहेका नाराणस्थान मन्दिरमा हरेक बर्ष फागुन पुर्णिमाको दिन मेला लाग्ने गर्छन् । यसैगरी झाँक्रीहरु आफुहरुले गरेको तपस्यालाई अझै राम्रोसँग नारायणस्थान मन्दिरमा पुरा हुने विश्वास रहेकोले आजको दिन पुग्ने गर्दछ ।
तस्वीरः जीवन तामाङ