काभ्रेः बागमती प्रदेशको खेलकुद मन्त्री रत्न ढकालले खेलकुद प्रतियोगिताले युवा तथा खेलाडीहरुमा खेलक्षेत्रप्रति नयाँ आशासहितको हौसला मिलेको बताए ।

शनिबार काभ्रेको धुलिखेलस्थित् बागमती प्रदेश खेलकूद विकास परिषद्को आयोजनामा बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको समापन कार्यक्रमा यस्तो बताएका हुन् ।

उनले प्रदेशलाई खेलकुद हबको रुपमा विकास गर्ने उद्देश्यले सञ्चालन गरेको प्रतियोगिता देशकै पहिलो प्रदेश स्तरीय प्रतियोगिता रुपमा इतिहास रच्न सफल भएको बताए ।

मन्त्री ढकालले आवश्यक पुर्वाधार लगायतका सामाग्री उपलब्ध तथा व्यवसायिक रुपमा खेलाडीलाई संरक्षण गर्न सकेमा उनीहरुले अझ राष्ट्रलाई चिनाउन सक्ने बताए । उनले भने, ‘खेलाडीमा क्षमता भएपनि आवश्यक सहयोग हुन नसक्दा सोचे अनुरुप अघि बढ्न सकेको छैन । यद्यपी, खेलाडीले देशमा नाम राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा चिनाइरहेको छ, झण्डा फहराइरहेको छ ।’

मन्त्री ढकालले संघीयतको र्ममलाई बुझेर प्रदेश खेलकुदको विकासको लागि अघि बढ्न समेत अनुरोध गरे । उनले छिट्टै खेल संघहरु दर्ता समेत गर्ने जनाकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय