
काभ्रे । बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको समापन काभ्रेको धुलिखेलमा भएको छ । बागमती प्रदेश खेलकूद विकास परिषद्को आयोजनामा फागुन २८ गते मकवनपुरको हेटौँडा–५ स्थित् पिप्ले रंगाशालाबाट सुरु भएको प्रतियोगिता शनिबार काभ्रेको धुलिखेलस्थित खेल मैदानमा समापन भएको हो ।
समापनमा नेपाल प्रहरी, सशस्त्र, खेलाडीको मासपाससँगै स्थानीयले विभिन्न झाँकी प्रर्दशन गरेका थिए । त्यस्तै नेपाल तेक्वान्दो संघ ललितपुरका खेलाडीहरुले खेलकला प्रदर्शन गरेको थियो ।


बागमती प्रदेशका खेलकुद मन्त्री रत्न ढकालका अनुसार प्रतियोगताको उद्घटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र समापन संघीय सरकारको खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गरेका थिए ।
यो पनि पढ्नुहोस्
खेलाडीलाई राष्ट्रको गौरवको रुपमा विकास गरी व्यवसायिक बनाउँदै लैजान्छौँः मन्त्री महतराज
बागमती प्रदेश खेलकुदको उपाधि चितवनलाई, सर्वोत्कृष्ट खेलाडीमा पुजा घोषित
बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, आइतबार पुरुष फुटबल हुने
प्रदेशलाई खेलकुद हबको रुपमा विकास गर्न आयोजना गरिएको प्रतियोगिताले देशमै पहिलो पटक प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरेर प्रदेश सरकारले इतिहास रच्न सफल भएको खेलकुद मन्त्रालयले जनाइएको छ ।
तस्वीरः इकमान लामा