काभ्रेः काभ्रेको डाँडापारिस्थित् खानीखोला गाउँपालिकाको एक गाउँ नै नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । मंगलबार एक कार्यक्रमबिच खानीखोला–३ चित्रेका सिंगो गाउँका युवा लगायत माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश परिषद सदस्य तथा खानीखोलाका अध्यक्ष अविरल जिम्बाले अब खानीखोलाको जनताले चाहेअनुरुप विकास माओवादी केन्द्रको नेतृत्वमा मात्रै सम्भव बताउँदै आम युवा लगायत एकजुट हुनु पर्नेमा जोड दिए ।
चित्रेका युवाहरु प्रदिप वाईबा, प्रशान्त वाईबा, बुद्धे वाईबा, राजेन्द्र वाईबा, शुसिल गोले र आइते वाईबाको नेतृत्वमा सिंगो गाउँ नै माओवादी केन्द्रमा प्रवेश गरेको छ ।
नवप्रवेशी प्रशान्त वाईबाले खानीखोलासँगै सिंगो देशमा विकास र समृद्धि माओवादी केन्द्रले मात्र ल्याउन सक्ने बताए । त्यस्तै राजेन्द्र वाईबाले माओवादी आन्दोलनको जगमा संघीयता, धर्मनिरपेक्षता, दलित, महिला आदिको अधिकारले ल्याउनुले नै माओवादी केन्द्र विकासप्रेमी पार्टी हो भन्ने पुष्टि गरेको दाबी गरे ।
विशाल वाईबा, रकम वाईबा, कुमार वाईबा, नेत्र वाईबा, ज्ञानबहादुर वाईबा, शुकराम वाईबा, अनिश वाईबा, दिपक बल लगायतले आफुहरुसँग छिमेकी गाउँका युवाहरुसँग समेत छलफल भइरहेकोले अझै माओवादी केन्द्रमा प्रवेश गर्नेहरु बढ्ने बताएका छन् ।
एमाले, कांग्रेसका एजेण्डाविहिन पार्टी भएको उनीहरुको भनाई छ । उनीहरुले अरु पार्टीमा भविष्य नदेखिएको भन्दै माओवादी केन्द्रमा प्रवेश गर्नु कारण समेत खुलाए ।
त्यस्तै चित्रेको वाईबा टोलाका भने युवाहरु मात्रै नभई गाउँ नै अर्थात् त्यहाँका युवादेखि बृद्धसम्म माओवादी केन्द्रमा समाहित भएका छन् । सिंगो गाउँ नै माओवादी केन्द्रमा प्रवेश गरेपछि राजनितिक तरंग पैदा भएको छ ।
माओवादी केन्द्र बागमती प्रदेश परिषद् सदस्य तथा खानीखोलाका अध्यक्ष जिम्बा, माओवादी केन्द्र जिल्ला समन्वय समितिका सदस्य दावा घिसिङ, माओवादी केन्द्र बागमती प्रदेशको बाणिज्य विभाग सचिव सागर जिम्बा लगायतले नवप्रवेशीहरुलाई खादा र टिका लगाएर स्वागत गरेका थिए ।